FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँकार्यपालिकाको मिति २०७५।५।१२ गतेको बैठकको निर्णयउतार - अनमि, हेल्थ असिस्टेन्ट नियुक्ति, जग्गा भोगचलन र शाखाहरुको दरवन्दी स्वीकृत सम्बन्धमा

प्रस्तावहरुः

१.    अ.न.मि.¸ हेल्थ असिस्टेन्ट र स्वीपर पदमा करारमा नियुक्तिका लागि छनौट तथा सिफारिश समिति गठन ।
२.    अ.न.मि.¸ हेल्थ असिस्टेन्ट र स्वीपर पदको पारीश्रमिक तथा अन्य सुविधाहरु निर्धारण ।
३.    गत आ.ब. देखि करार सेवामा कार्यरत विभिन्न कर्मचारीहरुको नयाँ करार सम्झौता गर्ने ।
४.    गाउँपालिका सार्वजनिक जग्गा भोगचलन सम्बन्धमा ।
५.    गाउँपालिका अन्तर्गतका शाखाहरुको दरवन्दी सम्बन्धमा ।

निर्णयहरुः

१.    प्रस्ताव नं १ को सम्बन्धमा छलफल गर्दा अ.न.मि.¸ हेल्थ असिस्टेन्ट र स्वीपर पदहरुमा छनौट गरी करार नियुक्ति गर्नको लागि देहाय बमोजिको एक छनौट तथा सिफारिश समिति गठन गर्ने निर्णय गरियो ।
छनौट तथा सिफारिश समिति
क)    प्र.प्र.अ.¸  श्री सुरेश खनाल    संयोजक
ख)    स्वास्थ्य संयोजक¸  श्री पारस शाही    सदस्य
ग)    स्वास्थ्य उप संयोजक¸ श्री हरिलाल शाह    सदस्य

२.    प्रस्ताव नं २ को सम्बन्धमा छलफल गर्दा उपर्युक्त पदहरुको पारीश्रमिक तथा अन्य सेवा सुविधा देहाय बमोजिम रहने निर्णय गरियो ।
क)    ४ जना अ.न.मी.हरुका लागि प्रतिव्यक्ति मासिक रु १५¸०००।– का दरले वर्षमा १३ महिनाको पारीश्रमिक रु १¸९५¸०००।– उपलब्ध गराउने । (रातो किताब अनुसूचि ७ क्रम १०९)
ख)    हेल्थ असिस्टेन्टको तलब सुविधा नेपाल सरकारले निर्धारण गरे बमोजिमकै हुने । 
उपर्युक्त बमोजिम अ.न.मी. नियुक्त गर्दा नपुग हुने रकम रु १ लाख ३२ हजार स्वास्थ्य सेवाको निम्ति गाउँपालिको आन्तरिक श्रोतबाट विनियोजित स्वास्थ्य शिविर सञ्चालन शीर्षकको बजेटबाट रकमान्तर गरी पूर्ति गर्ने । (रातो किताब अनुसूचि ७ क्रम ४१ )

३.    प्रस्ताव नं ३ को सम्बन्धमा छलफल गर्दा गत आ.ब. देखि करार सेवामा कार्यरत विभिन्न कर्मचारीहरुको मिति ०७५।४।२ देखि लागु हुने र करार सम्झौतामा उल्लिखित शर्तहरु पालना गर्ने गरी देहाय बमोजिम नयाँ करार सम्झौता गर्ने निर्णय गरियो ।
क)    गत आ.ब. देखि करार सेवामा कामकाज गरिरहेका २ जना अ.न.मी.हरुलाई प्रतिव्यक्ति मासिक रु.१६०००।– का दरले वर्षमा १३ महिनाको पारीश्रमिक रु  २¸०८¸०००।– उपलब्ध गराउने गरी नयाँ करार सम्झौता गर्ने । (रातो किताब अनुसूचि ७ क्रम १०९)
ख)    स्वास्थ्य चौकीहरुमा करार सेवामा कार्यरत २ जना कार्यालय सहयोगीलाई मासिक रु.१४¸५००।– का दरले वार्षिक १३ महिनाको रु ३¸७७¸०००।– उपलब्ध गराउने र  ३ जना स्वीपरलाई प्रतिव्यक्ति मासिक रु ७०००।– का दरले वार्षिक १३ महिनाको रु २¸७३¸९९९।- उपलब्ध गराउने गरी नयाँ करार सम्झौता गर्ने । (रातो किताब अनुसूचि ७ क्रम ३८) ।  
यसरी सम्झौता गर्दा नपुग रु.५०¸०००।– स्वास्थ्य सेवाको निम्ति गाउँपालिको आन्तरिक श्रोतबाट विनियोजित स्वास्थ्य शिविर सञ्चालन शीर्षकको बजेटबाट रकमान्तर गरी पूर्ति गर्ने निर्णय गरियो । (रातो किताब अनुसूचि ७ क्रम ४१)
ग)    गत आ.ब. देखि सामुदायिक स्वास्थ्य इकाईमा करार सेवामा कामकाज गरिरहेको १ जना अ.हे.ब.¸ १ जना अ.न.मी र १ जना कार्यालय सहयोगीलाई क्रमशः मासिक रु.१३¸०००।-¸ रु.१२०००।- र रु.८०००।- का दरले वर्षमा १३ महिनाको पारीश्रमिक उपलब्ध गराउने गरी नयाँ करार सम्झौता गर्ने । (रातो किताब अनुसूचि ७ क्रम १०४) । 
यसरी सम्झौता गर्दा नपुग २९०००।– स्वास्थ्य सेवाको निम्ति गाउँपालिको आन्तरिक श्रोतबाट विनियोजित स्वास्थ्य शिविर सञ्चालन शीर्षकको बजेटबाट रकमान्तर गरी पूर्ति गर्ने । (रातो किताब अनुसूचि ७ क्रम ४१ )
घ)    गाउँकार्यपालिको कार्यालय तथा वडा कार्यालयहरुमा करार सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुविधामा एकरुपता हुने नयाँ करार सम्झौता गर्ने ।

४.    प्रस्ताव नं ४ को सम्बन्धमा छलफल गर्दा सिट नं ०१७.१४५६ बमोजिम कित्ता नं ५६३ र ५७२ का जग्गाहरु यस जगन्नाथ गाउँपालिकाको सदरमुकाम जुड्डीमा कित्ता कायम भएको र कसैको नाममा दर्ता नभएको र सार्वजनिक बन क्षेत्रको समेत नोक्सानी नहुने भएकोले गाउँपलिकाको आवास तथा संरचना निर्माणको लागि चलन चल्तिमा ल्याउने निर्णय गरियो। साथै सो निर्णय नेपाल सरकारको भुमिसुधार तथा व्यस्थापन मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिने निर्णय गरियो । 

५.    प्रस्ताव नं ५ को सम्बन्धमा छलफल गर्दा संलग्‍न संगठन संरचना तथा दरवन्दी तेरिज स्वीकृत गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरियो ।
 

जगन्नाथ गाउँपालिकाको प्रस्तावित संगठन संरचना

Jagannath Rural Municipality - Proposed Organization Chart

जगन्नाथ गाउँपालिकाको प्रस्तावित दरवन्दी तेरिज

अनुसूची ८.२

जगन्नाथ गाउँपालिका
जुड्डी¸ बाजुरा

दरवन्दी तेरीज

क्र.सं.

पद नाम

श्रेणी/तह

प्राविधिक

अप्राविधिक

जम्मा

हाल कार्यरत कर्मचारी / श्रेणी

स्थायी / अस्थायि / करार

कार्यपालिका तर्फ

 

 

प्रमुख प्रशासकिय अधिकृत

रा.प.तृतीय

सुरेश खनाल

रा.प.तृतीय.

स्थायी

शाखा अधिकृत

रा.प.तृतीय (शिक्षा)

 

 

इन्जिनियर

रा.प.तृ.(प्रा) (सिभिल/जनरल/बि.आ./स्यानिटरी/सिंचाई/हाइवे) वा अधिकृत (इन्जि छैटौ/सातौ/आठौ)

जेलर बहादुर शाही

करार

स्वास्थ्य अधिकृत

ज.स्वा.नि./म.बि.अ. स्वास्थ्य अधिकृत सातौ/छैटौ

पारस बहादुर शाही

छैटौँ तह

स्थायी

नायब सुब्बा

रा.प.अन.प्र.(प्र)/अधिकृत छैटौ/सहायक पाचौँ

 

रिक्त

नायब सुब्बा

रा.प.अन.प्र.(प्र/न्याय)/अधिकृत छैटौ/सहायक पाचौँ

 

रिक्त

प्रा.स. / नायब सुब्बा

रा.प.अन.प्र.(शिक्षा/प्रशासन) वा सहायक पाचौ-१

 

रिक्त

नायब सुब्बा

रा.प.अन.प्र.(प्र)/म.बि.नि./स.म.बि.नि. /रापअन द्वि(प्र) वा सहायक पाँचौ / चौथो

 

रिक्त

लेखापाल

रा.प.अन.प्र.(लेखा)

 

रिक्त

१०

आन्तरिक लेखा परिक्षक

रा.प.अन.प्र./सहायक पाचौँ

 

रिक्त

११

सब इन्जि (सिभिल/जनरल)

रा.प.अन.प्र.(प्रा)  वा इन्जिनियर छैटौ/सब इन्जि पाँचौ

कुबेर बम

पाचौँ तह

करार

१२

सब इन्जि (सिभिल/आर्किटेक्ट)

रा.प.अन.प्र.(प्रा) वा इन्जिनियर छैटौ/सब इन्जि पाँचौ

मंगल बुढा

प्रा.स. / चौथो

करार

१३

प्राविधिक सहायक

रा.प.अन.प्र.(प्रा)

 

रिक्त

१४

पशु सेवा प्राविधिक / पशु स्वास्थ्य प्राविधिक

रा.प.अन.प्र.(प्रा)

विनोद अछामी

स्थायी

१५

नायब पशु सेवा प्राविधिक / नाषब पशु स्वास्थ्य प्राविधिक

रा.प.अन.द्वि.(प्रा)

 

रिक्त

१६

नायब प्राविधिक सहायक

रा.प.अन.द्वि.(प्रा)

 

रिक्त

१७

खरिदार

रा.प.अन.द्वि..(प्र)

गोकर्ण राज रेग्मी

स्थायी

१८

सहलेखापाल

रा.प.अन.द्वि./सहायक पाँचौ/चौथो

ज्ञानेन्द्र कुमार खत्री
रा.प.अनं. द्वितीय

स्थायी

१९

अ.हे.ब.

सहायक चौथो

 

२०

प्लम्बर

सहायक चौथो

२०

हलुका सवारी चालक

श्रेणीविहिन

२१

कार्यालय सहयोगी

श्रेणीविहिन

१७

१७

२२

पाले

 

२३

बगैँचे

 

२४

स्वीपर

 

कूल जम्मा

१०

३८

४८

वडा कार्यालय तर्फ (६ वटा वडा कार्यालयहरु)

 

 

ना.सु. वा खरिदार

रा.प.अन.प्र.(प्र) वा रा.प.अन.द्वि (प्र)/ अधिकृत छैटौ/सहायक पाचौँ/चौथो

 

रिक्त

सब.इन्जि वा अ.सब.इन्जि.

रापअन प्र(प्रा.)/अधिकृत छैटौ/सहायक पाचौँ वा सहायक चौथो-१

 

रिक्त

का.स.

श्रेणीविहिन

 

 

 

 

१२

१८

 

 

                   

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: