FAQs Complain Problems

प्रमुख सूचना::

खाधन्न ढुवानी अनुदान सम्बन्धमा

जगन्नाथ गाँउपालिकाले गाँउपालिकामा खाधन्न अभाव हुन नदिन ढुवानी अनुदानमा गाँउमै खाद्यन्न पुयाएको छ। लकडाउनका कारण काेल्टी जान  नपाएका बिपन्न घरधुरीलाई ढुवानि अनुदानमा चामल र नुन उपलब्ध गराउने निर्णय गरेको छ। गाँउपालिका भित्रका ६०० विपन्न घरधुरीलाई काेल्टि बाट प्रत्येक वडा कार्यालय सम्म प्रति घरधुरी ३० के.जि.काे १ कठ्ठा चामल काेल्टीकाे रेटमा रू १,२४५ मा उपलब्ध गराइएको छ। वडा नं १ बाट बिक्रि गर्न शुरू गरिएकाे छ र प्रत्यक वडामा बिक्री गरिनेछ । त्यसै गरि नुन प्रति वडा ७ क्युन्टलका दरले उपलब्ध गराइएकाे छ । वडा बाट थप माग भएमा चामल र नुन ढुवानिमा सहुलियत दिने कार्यपालिकाले निर्णय गरेकाे छ ।

आर्थिक वर्ष: