FAQs Complain Problems

समाचार

जगन्नाथ गाँउपालिकाले पाँच बर्षमा गरेका कार्यहरु

शिक्षा क्षेत्रमा गरेका सुधारहरु
१. जगन्नाथ गा.पा.वडा नं १,पिलुचौरमा श्री बैदिक सनातन गुरुकुल विद्यापीठलाई (धार्मिक बिद्यालय) कक्षा ८ सम्मको अनुमित प्रदान र पठनपाठन संचालन।
२. जगन्नाथ गा.पा.वडा नं ४,दलित टोलमा श्री घटालमष्टा आधारभुत विद्यालय स्थापना, कक्षा १ सम्मको अनुमति र पठनपाठन संचालन।
३. जगन्नाथ गाउँपालिका भित्रका श्री सम्भुनाथ आधारभुत विद्यालय तल्लो काप्री,श्री खिरारुख आधारभुत विद्यालय मल्लो काप्री र श्री महाँदेव आधारभुत विद्यालय मनिकाँडामा वालविकास कक्षा संचालनका लागि अनुमति ।
४. श्री देवलकोट मा.वि.गोत्री,श्री कैलास मा.वि महती र श्री सरस्वती मा.वि.ढाडाकोटमा कक्षा ११ र १२ संचालनका लागि अनुमति र पठनपाठन संचालन।
५. श्री देवलकोट मा.वि.गोत्रीमा कृषि जे.टि.ए.को पठनपाठन संचालनका लागि CTEVT बाट अनुमति प्राप्त ।
६. गाउँपालिका भित्रका दलित वालवालिकाहरुका लागि प्राविधिक शिक्षा अध्ययन गरिरहेका जेहेन्दार दलित वालवालिकालाई छात्रबृत्ति प्रदान गर्ने गरिएको ।
७. गाउँपालिका भित्र रहेका सामुदायीक विद्यालयहरुको गुणस्तर सुधारका लागि स्वंयमसेवक शिक्षक,कम्पुटर शिक्षक,वालविकास सहजकर्ता र विद्यालय कर्मचारीको व्यवस्था गरिएको।
८. प्रत्येक बर्ष गाउँपालिका भित्रका सामुदायीक विद्यालय मध्ये उत्कृष्ठ विद्यालय र नियमित शिक्षक र जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था गरेको।
९. माद्यमिक र आधारभुत विद्यालयहरुमा विद्युतिय हाँजिरी जडान गरेको।
१०. कर्मचारी र जनप्रतिनिधिहरु द्धारा नियमित रुपमा विद्यालयको अनुगमन गर्ने गरिएको ।
११. गाँउपालिका भित्रका माद्यमिक र नि.मा.विहरुमा कम्पुटर ल्यावको व्यवस्था ।
१२. गाँउपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि १२ वटा विद्यालयको भवन,१ वटा विद्यालयको छात्राबास, ८ वटा विद्यालयको पक्कि शौचालय,१४ वटा विद्यालयमा एंगलपोल,जाली र गेट सहित घेराबार र १७ वटा विद्यालयमा आवश्यकताका आधारमा फर्निचर,कार्पेट र पि फर्मको व्यवस्था गरिएकोछ ।
१३. विद्यालयमा सिकाइ सहजिकरण र गुणस्तर सुधारका लागि कक्षा १ देखि ५ सम्म बैकल्पिक सिकाइ पुस्तिका वितरण र प्रत्येक महिना प्र.अ.बैठक संचालन ।
१४. नियम विपरित विद्यालयमा अनुपस्थित हुने शिक्षकहरुको तलव रोक्का गरि आवश्यक कारर्वाही प्रक्रिया अगाडी बढाइएको ।
१५. कोरोना कहरका बिचमा नियमित पठनपाठन,क्वारेन्टाइन बनाइएका विद्यालयहरुमा मास्क,सेनिटाइजर र सरसफाई सामाग्री वितरण गरिएको ।

स्वास्थ्य तथा सरसफाई

१. गाउँपालिकाको केन्द्र जुड्डीमा १० शैंयाको अस्पताल निर्माणको काम भइरहेको।
२. गाँउपालिका भित्रका ६ वटै वडाहरुमा जनताको सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा पाँउने अधिकारको लागि चार वटा वडामा सामुदायीक स्वास्थ्य केन्द्र स्थापनाका लागि जग्गा खरिद पश्चाता संघीय सरकार बाट वडा नं १,२,३,४,५ र ६ मा आधारभुत स्वास्थ्यका पक्कि भवन निर्माणको काम सम्पन्न भएर संचालनमा आएका ।
३. गाउपालिकाको केन्द्र जुड्डीमा कोरोना अस्पताल संचालन पश्चात ल्याव,भिडियो एक्सरे, एक्सरे र ओ.पि.डी सेवा संचालन र त्यसका आवश्यक जनशक्तिको व्यवस्था गरिएको।
४. स्थानीय सरकार बनेपछि गाउँपालिकाको केन्द्र जुड्डीमा तिन पटक बिषेशज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर संचालन र उक्त शिविरम चेकजाँच सहित औषधी वितरण।
५. जगन्नाथ गाउँपालिकाको वडा नं ६,मा सामुदायीक स्वास्थ्य केन्द्र स्थापना पश्चात सेवा सुचारु गरिएको।
६. जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना पश्चात सेवा संचालनमा आएको ।
७. जगन्नाथ गाउँपालिकाको वडा नं १,३,५ र ६ मा बर्थिङ्ग सेन्टर संचालनमा आएको।
८. गाउँपालिका भित्रका जनताले जनताको सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा पाँउने अधिकारको सुनिश्चितताको लागि नया स्थापना गरिएका सामुदायीक स्वास्थ्य संस्था र कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति (डाक्टर,नर्स,एच.ए.,अ.न.मि.,सि.एम.ए.,ल्याव, रेडियो ग्राफर,सहयोगी र स्वीपरको) व्यवस्था गरिएको।
९. अस्पताल संचालनका लागि स्वास्थ्य उपकरण (अक्सिजन कन्सन्टेटर,अक्सिजन सिलिण्डर ,भिडियो एक्सरे मेसिन,इसिजि मेसिन,अटोक्लेप र माइक्रोसकप) को व्यवस्था गरिएको।
१०. जगन्नाथ गाउँपालिकाको १० शैंयाको अस्पतालको लागि निशुल्क जग्गा उपलब्ध गराएको ।

सडक यातायात तथा भौतिक पुर्वाधार

१. गाउँपालिकामा संचालन गरिने बिस लाख भन्दा माथिका भौतिक पुर्वाधारका योजनाहरु इ-टेन्डर मार्फत निर्माण गर्ने निर्णयको कार्यान्वयन ।
२. भौतिक पुर्वाधारका योजनाहरुमा उपभोक्ता समितिहरुलाइ योजना निर्माण पुर्व तालिम संचालन र ५ प्रतिशत धरौटी रकम कटाएर मर्मत संभार कोषमा जम्मा गर्ने व्यवस्था गरेको।
३. गाँउपालिकाले प्रत्येक बस्तिलाई सडक संजालले जोडने नीति अनुसार पिलुचौर ढाडाकोट सडक,शेरा हुनी काँडाकोट सडक,बेर्मा,कैलास मा.वि.हुदै मनिकाँडा र थारीकाँडा जोडने सडक,ओदाला देखि वडा नं ६,को कार्यालय हुदै डाग्रीबाडा सडक संचालनमा आएको, दैंया,लाटुबस्ति हुदै ढाडाकोट जोडने सडकको ट्रयाक ओपन भएर दोस्रो चरणमा स्तरोउन्नतिको काम भइरहेको र जुड्डी,बस्केना हुदै लुमा जोडने सडको सम्झौता भएर काम संचालनको प्रक्रियामा रहेको।सडक संचालनमा आए पश्चात गाँउको उत्पादन बजार सम्म र बजारका दैनिक उपभोग्य र निर्माण सामाग्री सस्तो शुलभ तरिका बाट जनताको घर दैलौ सम्म सहज तरिकाले पुगेकोछ।
४. गाँउपालिका भित्रका ६ वटा वडा मध्ये ५ वटा वडा कार्यालयको जग्गा खरिद पछि भवन निर्माणको काम सम्पन्न भएर आफ्नै भवनमा कार्यालय संचालनमा भइरहेकाछन।
५. समुदायको मागका आधारमा जगन्नाथ गाउँपालिकाको वडा नं १,डिमर गाउँ र लवारबाडामा साझा भवनको निर्माण कार्य सम्पन्न भएर संचालनमा आएकाछन।
६. उत्कृष्ट काम गर्ने उपभोक्ता समितिहरुलाइ प्रत्येक बर्ष पुरस्कारको व्यवस्था गरिएको।

सिंचाइ,खानेपानी तथा तटबन्धनको क्षेत्रमा भएका महत्वपुर्ण कामहरु

१.जनताको खाद्य अधिकारको सुनिश्चतता र कृषकको आम्दानी बढाउने उद्धेश्यले गाँउपालिकाले सिंचाइ सुविधा कम भएका वडाहरुमा सिंचाई कुलाहरुको निर्माणको काम सम्पन्न भएकाछन्।रिखोला सिंचाई कुलो,ढिकुली सिँचाई कुलो,बस्केना सिचाई कुलो, मनिकांडा सिंचाई कुलो,वनगढा चाका सिंचाई कुलो,दोमुल सिंचाई कुलो,भेरागाढ बाट तालीखेत सिंचाई कुलो,दैतेढुङ्गा देखी देउला सम्म सिचाई कुलो,माथिल्लो लिगलिगेबाट पातल दमाईवाडा सिचाई कुलो,कालढाँड काप्री सिंचाइ कुलो र रानीपाटा सिंचाई कुलो, ढाडाकोट सिचाई कुलो,नाला देखी थाउभाउ सिचाई कुलो, छहरा देखी लाटामस्टा मfडु सम्म सिचाई कुलो निर्माण भएर सिंचाइ कुलाहरु संचालनमा आएकाछन।
2.जनताको स्वच्छ पिउने पानिको अधिकार सुनिश्चित गर्नका लागि गाँउपालिकाले बल्देजुड्डी खानेपानी,घट्टेडाँडा खानेपानी,लुइयाँटा खानेपानी,ल्याँया खानेपानी,झप्राली खानेपानी, निगालडाँडा खानेपानी,खैरेनी झारघट्ट खानेपानी,महौका खानेपानी,दाखातडी खानेपानी,गवाकोट खानेपानी,मनिकाँडा खानेपानी,पाल्ता खानेपानी ढोलिवाडा चाका खानेपानी मुल सुधार,भुजेनी खानेपानी,वामपानी खानेपानी,एघारिमुल खानेपानी, कालाजुर खानेपानी,गुठी लुमा खानेपानी,धनेरिमेला ठकुरवाडा हुँदै वेर्मा खानेपानी योजना निर्माण भएर जनताले स्वच्छ पिउने पानी पिउन पाएकाछन।
3.हाँडेओडार सडकबाट जोखिम घर संरक्षण,लुवारवाडा सडकबाट जोखिम घर संरक्षण,वैदिक सनातन गुरुकुलको तटबन्धन निर्माण र पिलुचौर नाउलेखोला कोटपाटा सडकको ढल, मेसिनरी पर्खाल तथा ग्याविन र मर्मत कार्यको काम सम्पन्न भएकोछन।

प्रधानमन्त्री रोजगार कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रम

१. अति बिपन्न घरधुरीलाई स्थानिय स्तरमा रोजगारी उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकारको महत्वपुर्ण कार्यक्रमका रुपमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा आर्थिक बर्ष २०७६ मा १३५ जना, आर्थिक बर्ष २०७७ मा २७८ जना र आर्थिक बर्ष २०७८ मा ३९० जनाले गरि तिन बर्षमा कुल ८०३ जनाले १०० दिनको रोजगारी प्राप्त गरेकाछन् ।
२. गाँउपालिकाले आर्थिक बर्ष २०७६।२०७७ बाट शुरुवात गरेको अध्यक्ष रोजगार कार्यक्रममा आर्थिक बर्ष २०७६ मा १८० जना आर्थिक बर्ष २०७७ मा ६० जना र आर्थिक बर्ष २०७८ मा ६० जनाले गरि तिन बर्षमा कुल ३०० जनाले १०० दिनको रोजगारी प्राप्त गरेकाछन्।
३. मार्फत ६ वटै वडाका ६० घरधुरीले १०० दिनको रोजगारी प्राप्त गर्नुका साथै ६ वटा भौतिक पुर्वाधार निर्माणका योजना सम्पन्न भएकाछन्।
४. आर्थिक बर्ष २०७५।२०७६ बाट शुरुवात गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रम मार्फत ६ वटा वडामा तिन बर्षमा ९८ वटा योजनाहरु सम्पन्न भएकाछन ।
५. जगन्नाथ गाँउपालिकाको समन्वयमा आर्थिक बर्ष २०७७।२०७८ मा (UN-WFP Nepal) को आर्थिक सहयोगमा एकिकृत विकास समाज (IDS Nepal) को प्राविधिक सहयोगमा संचालन गरिने कोभिड-१९ जिविकोपार्जन तथा आर्थिक पुर्नउत्थान परियोजनाका लागि वडा नं १ देखि ६ सम्मका ३४२ जना सर्त सहित र १२८ जना निशर्तमा गरि जम्मा ४७० जनाले ४० दिनको रोजगारी प्राप्त गर्नुका साथै १३ वटा योजनाहरु सम्पन्न भएकाछन् ।

कृषि तथा पशुपालन

१. कृर्षि शाखा द्धारा उन्नत जातको स्याउ र ओखरका विरुवा अनुदानमा वितरण ।
२. कृर्षि शाखा द्धारा उन्नत जातको केरा ,स्याउ,ओखर,किवि,कागती,सुन्तला,नासपाती, र अनारका विरुवा अनुदानमा वितरण ।
३. कृषकको उत्पादन बढाउनका लागि ६ वटा हाते टयाक्टर वितरण र ट्याक्टर संचालनका लागि १२ जनालाइ तालिमको व्यवस्था गरिएकोछ ।
४. कृषि ज्ञान केन्द्रको सहयोगमा वडा नं २, काँडाकोटमा स्याउ पकेट र वडा नं ५,गोत्रीमा ओखर ब्लकको कार्यक्रम र वडा नं ६,मा किविको ब्लकका लागि बिरुवा वितरण गरिएकोछ ।
५. जमिनको बनावट ,हावापानी र माटोको आधारमा प्रत्येक वडालाइ पकेट क्षेत्रको रुपमा घोषणा वडा नं १ सिमि र स्याउको पकेट , वडा नं २ केरा र स्याउ , वडा नं ३ र ४ तरकारी , वडा नं ५ र ६ कागती र ओखर पकेट क्षेत्र घोषणा ।

सूचना सञ्चार तथा तथा बिजुली

१. जनतालाई सूचना तथा संचारको पहुँचमा पुर्याउनका लागि बड्डीगाड लघु जलविद्युत योजना बाट काँडाकोटको टेलिफोन टावर र जुड्डी खोला जलविद्युत योजना बाट नाराकोटमा रहेको नेपाल टेलिकमको सव टावर सम्म बिजुलीको लाइन बिस्तार पश्चात।
२. भुकाखोला जलविद्युत योजना,बड्डीगाढ लघुजलविद्युत योजना र जुड्डी खोला लघु जलविद्युत योजनाको नहर मर्मत,लाइन बिस्तार लगायतका कामहरु सम्पन्न भएकाछन।
३. जनतालाई सूचना तथा संचारको पहुँचमा जोडनका लागि जगन्नाथ गाउँपालिका वडा नं १,को ओखरतोलामा सामुदायीक रेडियोको सवस्टेशन निर्माण कार्यको शुरुवात गरिएकोछ ।
४. उज्यालो जगन्नाथ गाँउपालिका कार्यऋम अन्तरगत प्रत्येक घरधुरीमा बिजुली पुगेको ।
५. मुगु कर्णाली जलासय युक्त जलविद्युत आयोजनाका लागि पिलुचौरमा जग्गा उपलब्ध गराए पश्चात कार्यालय स्थापना भएर अध्ययन अनुसन्धानको काम भइरहेको।
६. श्री देवलकोट मा.वि.गोत्री,कैलास मा.वि.महती,सरस्वती मा.वि.ढाडाकोट,वडा नं ६,को कार्यालय डाढाखर्क,वडा नं ५,को कार्यालय गोत्री र वडा नं ४ को कार्यालयमा इन्टरनेट बिस्तार गरिएको।

विपद व्यवस्थापनको क्षेत्रमा भएका काम

१. गाँउपालिका भित्र दैवि प्रकोप ,आगलागि ,बाढीपहिरो ,भौतिक क्षति ,दुर्घटना र मानविय क्षति बाट ज्यान गुमाउनेहरुलाई गाँउपालिकाले भौतिक क्षति भएमा रु ५,०००।अंगभंग भएमा रु १०,०००। र मृत्यु भएमा रु २५,०००।हजार सम्म राहत दिने व्यवस्था गरेको।
२. प्राकृतिक प्रकोपका कारण आ.व.२०७६।२०७७ मा दैवि प्रकोप ,आगलागि,बाढीपहिरो ,भौतिक क्षति ,दुर्घटना र मानविय क्षति बाट ज्यान गुमाउने ४५ घरपरिवारलाइ रु २,५०,०००।र आ.व.२०७७।२०७८ मा दैवि प्रकोप ,आगलागि ,बाढीपहिरो ,भौतिक क्षति ,दुर्घटना र मानविय क्षति बाट ज्यान गुमाउने ५७ घर परिवारलार्इ जम्मा २,२९,०००। राहत वितरण गरिएको थियो ।
३. कोरोना महाँमारीका कारण पहिलो चरणमा लकडाउनका कारण गाँउपालिका भित्र हातमुख जोर्न समस्यामा परेका ८५ घरधुरी, दोस्रो चरणमा गाँउपालिकाका भित्रका ६ वटै वडा कार्यालय सम १८० क्वुन्टल चामल र ४० क्युन्टल नुन ढुवानी अनुदानमा वितरण,दोस्रो चरणमा अति विपन्न ९२ घरधुरीलाई चामल,तेल र नुन वितरण,तेस्रो चरणमा लकडाउनका कारण समस्यामा परेका गाँउपालिका भित्रका ३४५ घरधुरीका ८१६ जनालाई प्रति व्यक्ति रु २,०००। का दरले नगद राहत वितरण,चौथो चरणमा भारत लगायत नेपाल बाहिर बाट आएका व्यक्तिहरुलाइ मार्तडी बाट गाँउपालिका सम्म यातायात खर्चको व्यवस्था सहित क्वारेन्टाइन अवधिभर प्रति दिन २५०।का दरले खाना खर्च र १४ दिन क्वारेन्टाइन बसे बापत रु ५००।फुटकर खर्चको व्यवस्था गरिएको थियो।पाँचौ चरणमा जिल्ला बाहिर अलपत्र परेका परेका नागरिकहरुलाई खाना खर्च र यातायातको व्यवस्था गरेर ८५० जनालाई गाउपाँलिका उद्धार गरिएको थियो।
४. गाँउपालिका भित्र १४ वटा विद्यालय र २ वटा स्वास्थ्य संस्था गरि १६ वटा स्थानमा क्वारेन्टाइन स्थापना र ३ वटा स्थानमा १५ बेडको आइसोलेशन कक्ष स्थापना, गाउँपालिका भित्रका प्रत्येक घरधुरीलाई साबुन र माक्स वितरण तथा कोरोना रोकथामका लागि जनप्रतिनिधि सुरक्षाकर्मी युवाक्लव र महिला स्वास्थ्य स्वंयम सेविका परिचालन तथा कोरोना बाट बच्ने उपायका बारेमा रेडियो तथा एफ.एमहरु बाट सूचना प्रशारण गरिएको थियो ।
५. १९९ जनाको आर.डि.टी. परिक्षण र क्वारेन्टाइन र आइसोलेशनमा बसेका बिरामीहरुलाई औषधी र सुरक्षा सामाग्री वितरण ।

सान्ति सुरक्षा र सुशासन
१.जनतालार्इ शान्ती सुरक्षाको व्यवस्था गरी मानव अधिकारको संरक्षण गर्न जुड्डिमा स्थायी प्रहरी पोस्टको स्थापना भएको छ।(क) वर्गको स्थायी र्इलाका प्रहरी कार्यालयको रुपमा रुपान्तरण गर्न सम्बन्धित निकायमा पहल गर्नुका साथै कर्णाली करिडोरमा नेपाली सेनाको ब्यारेक स्थापनाका लागि संघिय सरकार गृह तथा रक्षा मन्त्रालयमा पहल भइरहेकोछ।
२.२०७६ श्रावण महिना बाट मदिरा निषेधित गाँउपालिका घोषणा पश्चात समुदायमा झै झगडामा कमि भै सामाजिक सदभाव कायम हुनुका साथै आर्थिक रुपमा बचत र गाँउपालिकाको राजश्वमा बृद्धि भएकोछ।
३.जगन्नाथ गाउँपालिका भित्र रहेका कर्णाली नदी, भुका खोला,जुड्डी खोला र बड्डीगाढमा ढुङ्गा,गिट्टी र बालुवाको राजश्व सकलनको काम भइरहेकोछ ।
४.हाल सम्म गाँउपालिकाले (घ) बर्गका ७ वटा इजापत्र पत्र वितरण,४ वटा सहकारी र ३२ वटा पशल गाउपालिकामा दर्ता भएकाछन ।
५.सामाजिक सुरक्षाको रकमलाई पारदर्शि बनाउनका लागि प्रत्येक वडाको लगत अद्यावधिक,परिचय पत्र वितरण र वडा नं १ देखि ६ सम्मका लाभग्राहीको रकम बैंकिङ्ग प्रणाली मार्फत भुक्तानी गर्ने गरिएको ।
६.प्रधानमन्त्री रोजगार कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रमका कामदारको ज्याला रकम बैंकिङ्ग प्रणाली मार्फत भुक्तानी गर्ने गरिएको ।
७.कार्यालयको भुक्तानी गर्दा सप्लायर्स, पसल,उपभोक्ता समिति र निर्माण व्यवसायीलाई भुक्तानी गर्दा A/C Pay चेक मार्फत गर्ने गरिएको ।
८.गाउँपालिका भित्रका नागरिकहरुलाई नागरिकता लिन सहज होस भन्ने मनसायले जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा दुइ पटक नागरिकता शिविर संचालन ।
९.गाँउपालिका भित्रका अपाँङ्गहरुलाइ स्वास्थ्य शिविर संचालन पश्चात (क) बर्गका ५ जना, (ख) बर्गका १२ जना, (ग) बर्गका ३० जना र घ बर्गका २० जना गरि कुल ६७ जनालाई अपाँङ्ग परिचय पत्र (ग) र (घ) बर्गका अपाङ्गहरुलाइ मासिक रुपमा रु ३०० र ४०० भत्ता वितरण गरिदै आएकोछ ।

जगन्नाथ गाउँपालिकाले गरेका नीतिगत निर्णयहरु

१. जगन्नाथ गाउँपालिकाको वडा नं ५, ६ र कालिकोट जिल्ला संगको सिमा बिवाद समाधान गर्न स्रोत नक्सा तयार गरि मन्त्रालयमा नीतिगत निर्णयका लागि पेश गरेको।
२. गाउँपालिकाको भवनका निर्माणका नेपाल सरकार बाट गाउँपालिका र १० शैंयाको अस्पतालको नाममा जग्गा पास गर्ने काम भएको।
३. साविकको जगन्नाथ गा.वि.स.को वडा नं २,जुड्डीमा गाउँपालिकाको तोक्ने निर्णय भएको ।
४. वडाका नागरिकहरुलाई पाइक पर्ने स्थानमा वडा कार्यालयको केन्द्र निर्धारण गरिएको ।
५. गाउँपालिकाको नाम पाण्डवगुफा बाट परिवर्तन गरि जगन्नाथ गाउँपालिका राख्ने निर्णय भएको ।
६. वडा विभाजनका लागि गाउँसभा बाट निर्णय भएर सुदुर पश्चिम प्रदेश सरकार बाट सिफारिस भएर सामान्य प्रशासन मन्त्रालयमा निर्णयार्थ पेश भएको ।

आर्थिक वर्ष: