FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँकार्यपालिकाको मिति २०७५।६।५ गतेको बैठकको निर्णयउतार - सामुदायिक स्वास्थ्य इकाइ विस्तार - करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि¸ २०७४ स्वीकृत

प्रस्तावहरुः

१.    सामुदायिक स्वास्थ्य इकाइ विस्तार सम्बन्धमा ।
२.    विस्तारित स्वास्थ्य इकाइहरुका लागि अ.हे.ब. पदमा नियुक्ति सम्बन्धमा ।
३.    अबैध मधिरा उत्पादन नियन्त्रण सम्बन्धमा ।
४.    गाउँकार्यपालिकामा करार सेवामा कार्यरत कार्यालय सहयोगीहरुको पारीश्रमिक तोक्ने सम्बन्धमा ।
५.    करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि¸ २०७४ स्वीकृत गरी जारी गर्ने ।
६.    स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको विषयमा आगामी सभामा पेश गर्ने सम्बन्धमा ।

निर्णयहरुः

१.    प्रस्ताव नं १ को सम्बन्धमा छलफल गर्दा वडा नं २¸ ४ र ६ को वडा केन्द्रहरुमा एक एक वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने सर्वसम्मत निर्णय गरियो । 

२.    प्रस्ताव नं २ को सम्बन्धमा छलफल गर्दा निर्णय नं १ बमोजिम स्थापना गरिएका स्वास्थ्य इकाइहरु बर्थिङ सेन्टर समेत रहने भएकोले उक्त स्थानहरुमा कामकाज गर्ने गरी ४ जना ह.हे.ब. हरुको करार नियुक्ति गर्ने प्रयोजनको लागि देहाय बमोजिमको सूचिकरण तथा छनौट समिति गठन गर्ने निर्णय गरियो ।
१.    प्र.प्र.अ.¸  श्री सुरेश खनाल    संयोजक
२.    स्वास्थ्य संयोजक¸  श्री पारस शाही    सदस्य
३.    अ.हे.ब.¸ श्री बद्री शाही    सदस्य

३.    प्रस्ताव नं ४ का सम्बन्धमा छलफल गर्दा गाउँकार्यपालिका तथा वडा कार्यालयहरुमा करार सेवामा कामकाज गर्ने कार्यालय सहयोगीहरुको मासिक पारीश्रमिक रु १४०००।– तोक्ने र गाउँपालिकामा कार्यरत कार्यालय सहयोगीहरुको हकमा मासिक रुपमा थप रु ३०००।- खाना खाजा खर्च उपलब्ध गराउने निर्णय गरियो ।

४.    प्रस्ताव नं ५ का सम्बन्धमा छलफल गर्दा प्रस्तावित "जगन्नाथ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी वस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५" स्वीकृत गरी जारी गर्ने निर्णय गरियो ।

५.    प्रस्ताव नं ६ का सम्बन्धमा छलफल गर्दा मिति २०७५।३।३ गतेको प्रदेश राजपत्रमा तोकेर आए बमोजिम स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको विषयमा देहाय बमोजिमको सुविधा पाउने निर्णय गरियो र सो निर्णयलाई आगामी सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरियो ।
१.    मासिक पारीश्रमिक सुविधा – 
अध्यक्ष – ३००००।–
उपाध्यक्ष – २५०००।–
वडाध्यक्ष – २००००।–
कार्यपालिका सदस्य – ८०००।–
सभाका सदस्य – ५०००।-  

२.    यातायात सुविधा –
अध्यक्ष –    गाउँसभाले मापदण्ड बनाइ तोके बमोजिमको सवारी साधन¸ इन्धन र मोविल
उपाध्यक्ष वडाध्यक्ष वा सदस्यहरु – बैठकमा भाग लिन आउँदा जाँदा ५ किलोमिटर भन्दा बढी भएमा स्थानीय सार्वजनिक यातायात मा लाग्ने खर्च बराबरको रकम

३.    पत्रपत्रिका तथा सञ्‍चार सुविधा – न्यूनतम संख्यामा पत्रपत्रिका खरिद गरी उपलब्ध गराउने । सञ्चारका सुविधाका लागि देहायको रकममा नबढ्ने गरी
अध्यक्ष – ११००।–
उपाध्यक्ष – १०००।–
वडाध्यक्ष – ५००।–

४.    दैनिक भ्रमण भत्ता देहायको रकममा नबढ्ने गरी – 
अध्यक्ष – १६००।–
उपाध्यक्ष – १५००।–
वडाध्यक्ष – १४००।–
कार्यपालिका सदस्य – १४००।–
सभाका सदस्य    -    १४००।–

आर्थिक वर्ष: