FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँपालिकाको आ.व. २०७५।०७६ को बजेट वक्तव्य

गाउँपालिकाका उपाध्यक्ष ज्यु,
सभाका  अन्य सदस्यज्युहरु
अन्य उपस्थित सम्पुर्ण महानुभावहरु

आज वास्तवमा हामी इतिहाँसको महत्वपुर्ण घडीमा यस सभामा उपस्थित भइरहेका छौँ । जगन्नाथ गाउँपालिकाको गाउँपालिकाको हैसियतले  मलाइ हाम्रो गाउँपालिकाको आ.ब. २०७५।७६ को बजेट तथा कार्यक्रम पेश गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ । यस गौरवपुर्ण अवसरमा जनआन्दोलन जनयुद, मधेश आन्दोलन लगायतका विभिन्न राजनैतिक परिवर्तनका संघर्षहरुमा आफनो जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु । साथै घाइते र बेपत्ता नागरिकहरुप्रति सम्मान प्रकट गर्दछु । राजनैतिक सामाजिक परिवर्तनमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदारभाव प्रकट गर्दछु ।

जगन्नाथ गाउँपालिकाको वर्तमान स्थानिय सरकार "​सुखि र खुसि गाउँबासीःसमृद्ध गाउँ" भन्ने मुल उद्देश्यका साथ अगाडी बढेको छ ।सबै नागरिकका लागी मर्यादित काम, न्युनतम खाद्य सुरक्षा , आधारभुत स्वास्थ्य शिक्षाको सुविधा, स्वच्छ खानेपानी र सुरक्षित आवास जस्ता अत्यावश्यक अवश्यकताहरुको परिपुर्ति नै हाम्रो यात्राको प्रस्थान विन्दु हुनेछ ।आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको सविधान , विनियोजन विधेयक २०७५ ,जगन्नाथ गाउँपालिकाको निति तथा कार्यक्रम , दिगो विकासको लक्ष्य र यस सभाका सम्पुर्ण सदस्य तथा कार्यपालिका सदस्यहरुले दिनुभएको सल्लाह तथा सुझावलाइ मार्ग दर्शकको रुपमा लिएको छु ।साथै हामीले आफ्नो विकास आफै गर्ने अभियानलाइ आत्मासाथ गर्दै वस्ती/टोल, वडा हुँदै सिफारिस भइ आएका योजनाहरु तथा केन्द्रको मार्ग दर्शन अनुसार वजेटलाइ विनियोजित गरिएको छ ।

उपाध्यक्ष  तथा गाउँ सभाका सदस्यहरु,

हाम्रो यो जगन्नाथ गाउँपालिका प्राकृतिक स्रोत साधनले प्रचुर सम्भावना रहेको क्षेत्र हो । स्रोत साधनको सम्भावना अनुसार अहिले सम्म हामीले  उचित परिचालन गर्न सकिरहेका छैनौ ।यहाँ उपलब्ध  स्रोत साधनको उचित परिचालनका माध्यमबाट यस गाउँपालिकालाइ सम्पन्न बनाउदै मुलुककै नमुना गाउँपालिका बनाउने तर्फ केन्द्रित भएका छौँ ।

उपाध्यक्ष तथा गाउँ सभाका सदस्यहरु,

अब म हाम्रो यस जगन्नाथ गाउँपालिकाको आय तथा व्ययको विवरण यस ऐतिहांसिक सभामा पेश गर्न चाहन्छु ।

आम्दानी तर्फ

      नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानमा रु. ७ करोड ४० लाख ८२ हजार,  नेपाल सरकारवाट प्राप्त सशर्त अनुदान तर्फ रु. ५ करोड  ९९ लाख, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड ४ करोड २७ लाख १० हजार आ.ब .२०७४।७५ को श्रोत सुनिश्चित भएको रु. १ करोड ५४ लाख ८३ हजार, यस गाउँपालिकाबाट उठ्ने आन्तरिक आम्दानी रु. ७ लाख २५ हजार  र बहुक्षेत्रिय पोषण कार्यक्रम १२ लाख ३५ हजार  गरी जम्मा आय रु. १९ करोड ४१ लाख ३५ हजार  (सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ता यसमा समावेश गिरएको छैन) अनुमान गरिएकोमा सोहीको परिधिभित्र रहि विभिन्न शिर्षकहरुमा रकम विनियोजित गरेको छु ।

विनियोजित खर्च तर्फ

      विनियोजित गरिएको रकम मध्य रु. ११ करोड ६५ लाख ०८ हजार चालु खर्च तर्फ विनियोजित गरेको छु । नेपाल सरकारवाट सशर्त अनुदान तर्फ आएको रु.५ करोड ९९ लाख जसरी प्राप्त भएको छ त्यही अनुसार खर्च गर्ने गरी सभामा पेश गरेको छु । यस बाहेकको बाँकी रकम रु. ७ करोड ७६ लाख २७ हजार पुँजीगत विकास कार्यक्रम तर्फ विनियोजित गरेको छु ।

आर्थिक विकास

 यस शिर्षक अन्तरगत देहायबमोजिम खर्च गर्ने गरी रु.१ करोड २० लाख विनियोजित गरेको छु ।

() कृषि

कृषि  तथा पशु कार्यक्रमतर्फ सम्भाव्यताको आधारमा कृषि पकेट क्षेत्र तथा अन्य कृषि कार्यक्रमको लागी जम्मा रु ५५ लाख १८ हजार  विनियोजित गरेको छु ।

सामाजिक विकास

 ()शिक्षा

  शिक्षातर्फ सर्शत चालु अनुदानमा आएको रकम सोहि बमोजिम खर्च हुने गरी छु शिक्षा क्षेत्रका  समग्र समस्या तथा आवश्यकताहरु महसुश गरी गाउँकार्यपालिकाको निर्णय अनुसार खर्च गर्न सकिनेगरी  केहि रकम विनियोजित गरेको छु ।

() स्वास्थ्य

स्वास्थ्य तर्फ सर्शत चालु अनुदानमा आएको रकम सोहि बमोजिम खर्च हुने गरी छु भने स्वास्थ्य क्षेत्रका समग्र समस्या तथा आवश्यकताहरु महसुश गरी गाउँकार्यपालिकाको निर्णय अनुसार खर्च गर्न सकिनेगरी  केहि रकम विनियोजित गरेको छु ।

 () खानेपानी तथा सरसफाइ

खानेपानी तथा सरसफाइ तर्फ रु. १ करोड ८ लाख १५ हजार विनियोजित गरेको छु जसमध्ये

  • वडा नं. १ - १४ लाख
  • वडा नं. २ - १८ लाख
  • वडा नं ३ – २ लाख ५० हजार
  • वडा नं. ४ -- १३ लाख
  • वडा न . ५- १४ लाख
  • वडा नं. ६ - १४ लाख

र छ वटै वडामा सरसफाइ कार्यक्रमको लागि  ७ लाख  २० हजार विनियोजित गरेको छु ।

() संस्कृति प्रवर्दन

संस्कृति प्रवर्दन तर्फ रु.२४००० हजार विनियोजित गरेको छु .

() खेलकुद तथा मनोरञ्जन

खेलकुद क्षेत्रको विकासलाइ मध्यनजर राख्दै रु १ लाख ५० हजार विनियोजित गरेको छु

(च) लैंगिक समानता तथा सामाजिक समावेशीकरण

लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु ९ लाख विनियोजित गरेको छु । जसमध्ये

पुर्वधार विकास

पुर्वधार विकास तर्फ जम्मा रु  २ करोड ४३ लाख  ८२ हजार विनियोजित गरेको छु जसमध्ये

   () ​सडक पुर्वाधार

   सडकको निर्माण तथा मर्मतको लागी रु १ करोड ४४ लाख ८२ हजार  विनियोजन गरेको छु ।

   () सिँचाइ

  सिँचाइतर्फ रु  ३३ करोड ५० लाख विनियोजित गरेको छु जसमध्ये

  • वडा नं. १ -  १२ लाख ५० हजार
  • वडा नं. २ - ४ लाख
  • वडा नं. ३ - ८ लाख
  • वडा नं. ५ -  ७ लाख

 वातावरण तथा विपद व्यवस्थापन

यस शिर्षकतर्फ रु ५ लाख  आवश्यकता पहिचान गरि कार्यापालिकाको निर्णय अनुसार खर्च गर्न सकिने गरी विनियोजित गरेको छु ।

यस गाउँपालिका भित्र कार्यक्षेत्र बनाइ विकास कार्यमा साझेदारी गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरु संग समन्वय तथा सहकार्य गर्नको लागी र गाउँपालिकाले रकम विनियोजित गर्ने क्रममा छुटेका पक्षहरुलाइ पछि गाउँकार्यपालिकाले आवश्यकता महशुस गरेमा निर्णय गरी विनियोजित गर्न सक्ने गरी   केहि रकम विनियोजित गरेको छु ।

 आ.ब. २०७५।७६ को बजेट तथा कार्यक्रममा समावेश गर्न नसकेका कार्यक्रमहरु आगामी आ.ब.को बजेट तथा कार्यक्रमहरुमा समावेश गर्दै लैजाने तथा यहाँको श्रोत साधनले गर्ने नसकिने ठुला विकासका योजनाहरु केन्द्रिय तथा प्रदेश सरकारसंग माग तथा अनुरोध गर्ने गरी  व्यवस्था मिलाएको छु ।

यो बजेट तथा कार्यक्रमको पुर्ण कार्यान्वयन भइ सुखि र खुसि गाउँपालिका निर्माणमा सहयोग पुग्नेछ भन्ने अपेक्षा लिएको छु । यसका लागी यहाँहरु सबैको सहयोग र समन्वय आवश्यक छ ।

यो बजेट निर्माणका क्रममा सहयोग गर्नु हुने विभिन्न समितीका पदाधिकारीहरु,कर्मचारीहरु तथा  प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने अन्य सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

आर्थिक वर्ष: