FAQs Complain Problems

समाचार

तेस्रो गाउँ सभा तथा बजेट अधिबेशनमा पारित आ.ब २०७५।०७६ गाउँपालिका निती तथा कार्यक्रम ।

जगन्नाथ गाउँपालिकाको तेस्रो ऐतिहासिक गाउँसभा तथा दोस्रो बजेट अधिवेशनमा उपस्थित
गाउँपालिकाका उपाध्यक्ष ज्यू,
उपस्थित सम्पुर्ण गाउँसभाका सदस्य ज्युहरु
तथा गाउँपालिकका सम्पुर्ण कर्मचारी साथीहरु ,
 

सर्व प्रथम मूलुकको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता, राष्टिय स्वाधिनता, प्रजातन्त्र तथा राष्ट्रिय समृद्दिका लागि जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्न चाहान्छु। साथै यस गरिमामय सभामा अध्यक्षको हैसियतले गाउँपालिकाको समग्र विकासको लागि मार्गदर्शनको रुपमा रहने आगामी आ.व २०७५/०७६ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्न पाउँदा मैले आफुलार्इ गौरवान्वित महसुस गरेको छु। यसै अवसरमा हाम्रा अथक प्रयासहरुमा हरदम निर्देशन र सहयोग प्रदान गर्नुहुने गाउँ कार्यापालिकाका विभिन्न विषयगत समिति, कर्मचारीवर्ग, सरोकारवाला विकास सझेदारहरु, समाजसेवी, शिक्षक एंव गाउँवासी सम्पूर्ण आदरणीय व्यक्तित्वहरु तथा विकास अभियान्ताका रुपमा रहेको सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको भुमिका प्रति गाउँपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

नेपालको मानव विकासको सूचकांकमा सबैभन्दा तल रहेको बाजुरा जिल्ला भित्रको प्रस्तुत गाउँपालिकाका आफ्नै चुनौती र समस्याहरुका बाबजुद, सम्भावना र अवसर पनि प्रशस्तै रहेको कुरा मैले नीति तथा कार्यक्रम भित्रका विषयगत क्षेत्रमा प्रस्तुत गरेको छु।

हामी सार्वभौमसत्ता र राष्टिय हित प्रति सजग छौं । कहिल्यै कसैको दासता नस्वीकारेको हाम्रो ईतिहास  प्रति गर्व गर्दछौं । हाम्रो राष्टिय स्वाभिमानको पछाडि मजबुत ईतिहास छ । नेपाल भौगोलिक विविधताले भरिएको देश हो । भ्गोल मात्र होईन,हाम्रो प्रकृति पनि विविधतायुक्त छ । समाजको उत्पति र बनौट,सभ्यता र संस्कृतिको विकाससमेत विविभतापुर्ण छ । यो विविधता कुनै थिचो मिचोको कारणले आएको होइन ,सभ्यता,भाषा र संस्कृतिको विकास एव राष्ट निर्माणको पक्रियामा हाम्रो भुगोल ,इतिहास र विकासक्रमले दिएको यर्थाथ हो भने यी हाम्रा सामाजिक सम्पत्ति हुन ।

समृद्धि अब हाम्रा लागी सपना मात्र हुन सक्दैन । विकास बाहेक समृद्धि हासिल गर्ने अर्काे बाटो छैन । विकासका लागी शान्ति र स्थायित्वमा यस स्थानिय सरकारले गम्भीरताका साथ ध्यान दिनेछ । तथ्य,कानुन र तर्कका आधारमा जनताका जायज मागहरुलाइ सुन्ने र पुरा गर्ने  काम हुनेछ । यस गापाको सरकारले लोकप्रियताका लागी काम गर्दैन काम गरेर लाकप्रियता कमाउछ । नेपालको संविधानले नेपाली जनताको सार्वभौमिकतालाई संवैधानिक , कानुनी र व्यवहारिक रुपमा स्थापित गरिसकेको छ । संविधान प्रदत्त अवसर,स्थानिय सरकारबाट प्रदान गरिने सेवा सुविधा,सुरक्षा र सम्मान सबै गापाका जनताले सहज,वास्तवीक अर्थमा प्राप्त गर्न भनेर नै गाउँ घरमा स्थानिय सरकाको अवधारणा आएको हो । गाउँपालिकाको कुनै पनि भागमा ,कुनै पनि समुदायका जनता पछि परे भने गाउँपालिका विकसित भयो अघि बढ्यो भन्न सकिन्न । एक जना मात्र गाउँबासी भोकै रहयो भने सबै गाउँ बासीले खाएका छन् भन्न सकिन्न ।

यो स्थानिय सरकार सगोल गाउँपालिका,सगोल गाउँपालिकाका जनता,सगोल गाउँपालिकाको समाज,यो भुगोल भित्रका सबै जाति,सबै भाषा,सबै आस्था र विश्वास,सबै संस्कृति र भेषभुषा साथै व्यवसायका तमाम गाउँबासीको हितका निम्ति काम गर्ने साझा संयन्त्र हो,विराधाभाषी होइन ।

स्थानिय तहको विकास निर्माण,सुशासन,पारदर्शिता,समृद्धि, सुखि र खुसिका क्षेत्रमा सहमतिका साथ काम गर्न यो सरकार प्रतिबद्ध छ । यी प्रतिबद्धता पुरा गर्न स्थानिय सरकार सबै राजनैतिक दल तथा अन्य सरोकारवालाको साथ र सहकार्यका लागी हार्दिक अपिल गर्दछ । वर्तमान पुस्ताले अनुभुत गर्ने खालको विकास र समृद्धि हासिल गर्न तर्फ यस सरकारले ०७५।०७६ का निति तथा कार्यक्रम तयार पारेको छ ।

हाम्रा नितिहरु प्रगतिशिल र नवपरिवर्तनलाई प्रोत्साहित गर्ने किसिमका हुनेछन ।विकास र सेवा प्रवाहलाई सहजीकरण गर्ने गरी अपुर्ण निति तथा कानुनलाई पुर्णता दिईनेछ ।आवश्यकता अनुसार नयाँ निति र कानुनको निर्माण गरिनेछ ।संस्थागत संरचनालाई सक्षम बनाईनेछ ।

 ”सुखि र खुसि गाउँबासी ¸ समृद्ध गाउँ” भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी बढ्ने निति लिईनेछ ।

बाजुरा जिल्लाका अरु स्थानिय तहभन्दा तुलनात्मक रुपमा विकट भौगोलिक अवस्थितिमा रहेको यस गाउँपालिकामा सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुत गर्ने खालका योजना तर्जुमा गर्ने, सबै गाउँ बासीहरुलाई योजना तर्जुमा साथै कार्यान्वयनमा प्रत्यक्ष रुपमा सम्मानजनक सहभागी गराउने, मागमा आधारित माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधिहरु सञ्चालन गरी यस क्षेत्रका जनताको चरम गरिवी न्युनीकरण गर्ने हेतुका साथ यस गाउँपालिकालाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउन सडक पुर्वाधार, खानेपानी, सिँचाई, कृषि  जस्ता सम्भावना बोकेका क्षेत्रमा लगानी गर्ने प्रमुख निति लिईनेछ ।

अधिकार र श्रोत साधन सहित स्थानिय तहको गठन भएपनि अझैसम्म स्थायी भौतिक संरचनाको अभावका कारण स्थानिय सरकारबाट प्रवाह गरिने सेवालाई सहज र सरल बनाउन सकिएको छैन । आगामी वर्षमा गाउँपालिका लगायत सबै वडा कार्यालयहरुको आफ्नै स्थायी भौतिक संरचनाको निर्माण गर्ने काम शुरु गरिने छ ।

कृषि तथा अन्न वालीहरु उत्पादन, पशुपालनको रुपमा  भैसी, गाई, बाख्रा, भेडा, कुखुरापालनको लागि यस क्षेत्रमा प्रचुर सम्भावना भएपनि अहिले सम्म यो निर्वाहमुखिका रुपमा मात्र रहेको छ । आगामी वर्षमै कृषि तथा पशुपालन क्षेत्रलाई सामान्य रुपमा भएपनि व्यावसायिकरण तथा आधुनिकिकरण गर्न तपशिल बमोजिमका कार्यक्रमलाई प्राथकिताका साथ संचालन गरिनेछ ।

 

कृषि

क.    रैथाने बालीहरुलाई संरक्षण गरी उत्पादनको निरन्तरताको लागि अभियान चलाइनेछ ।

ख. एक घर,एक करेसाबारी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

ग. गत वर्ष तोकिएका पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

घ. बेमौसमी तरकारी उत्पादनलाई थप प्रोत्साहन गरिनेछ ।

ङ बेरोजगार युवाहरुलाई कृषि क्ष्ोत्रमा आकर्षित गर्न विषेश कायक्रम सञ्चालन गरिनेछ ।

च. सिंचाईको विस्तार‚ कृषि उपजहरुको बजारमा पहुँच‚ उन्नत जातको वीउविजन‚ मलको उपलब्धता‚ माटो परिक्षण र कृषि बिमा जस्ता कार्यक्रम मार्फत व्यवसायिक कृषि प्रवर्द्धनमा जोड दिइनेछ।

छ. कृषि उपजहरुको सहज बजार पहुँच अभबिृद्धीका लागि कृषि संकलन केन्द्र स्थापना गरिनेछ ।

ज. गोठेमल सुधार गरी उत्पादकत्व बृद्धी गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

 

पशु

क. पशुपालनलाई थप उत्पादनशील बनाउन उन्नत नश्लको पशुहरु ( बोका, साँढे) को व्यवस्था गरिनेछ ।

ख. पोल्ट्री फार्महरुको विकास र विस्तारको लागि बेरोजगार युवाहरुलाई आकर्षक कार्यक्रम लागु गरिनेछ ।

ग. व्यवसायिक पशुपालनलाई टेवा दिन पशु बीमा कार्यक्रमको शुरुवात गरिनेछ ।

घ. सुरक्षित पशुपालनका निम्ति घुम्ती पशु शिविर सञ्चालन गरिनेछ ।

 

स्वास्थ्य

क. जनताको स्वस्थ्यमा पहुँच विस्तार गर्न सामुदायिक स्वास्थ्य इकाइ थप गरिनेछ ।

ख. स्वास्थ्य चौकीहरुलाई प्रविधि र आवश्यक औषधिको व्यवस्था गरिनेछ ।

ग. बर्थिङ सेन्टरहरुको प्रभावकारी सञ्चालनको लागि भवन निर्माण थालिनेछ ।

घ. गर्भवती महिला तथा शिशुको स्वास्थ्य अवस्था सुनिश्चित गर्ने व्यवस्था गरिनेछ ।

ङ. पाठेघरको समस्या समयमै निराकरण गर्ने उद्देश्यका साथ विशेषज्ञ सहतिको स्वास्थ्य शिविर तथा घुम्ती शिविर संचालन गरिनेछ ।

च. स्वास्थ्य संस्थाहरुमा नै सुरक्षित प्रसुती गराउन प्रोत्साहन दिइनेछ ।

छ. गाउँपालिकालाई कुपोषण मुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

ज. सबै वडाहरुलाई पूृर्णखोप दिगोपना र सुनिश्चितता कायम गरिनेछ ।

झ. जगन्नाथलाई क्षयरोग, कुष्ठरोग, हात्तिपाइले रोगहरुबाट मुक्त गाउँपालिका बनाउन निरन्तर प्रयास गरिनेछ ।

ंञ.   गाउँपालिकामा स्वस्थ जनसंख्या सुनिश्चित गर्न परिवार नियोजनका कार्यक्रमहरु निरन्तरता दिइनेछ ।

ट.बहुक्षेत्रिय पोषण योजना कार्यक्रममा वडा नंः ३ र ६ लाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र गत वर्षदेखि प्राथमिकता प्राप्त वडाहरुमा समेत निरन्तरता दिईनेछ ।

 

पर्यटन

क. यस गाउँपालिकालाई पर्यटन मैत्री बनाई पर्यटनको माध्यमबाट जिवनस्तर सुधार गर्ने नीति लिइनेछ । यसका लागि पर्यटकीय मार्गहरु सुधार गर्ने, होटल तथा सम्बन्धित सुविधाहरु वृद्धि गर्ने, होम स्टे संचालनमा ल्याउने, आन्तरीक पर्यटकहरुको सुरक्षाको व्यवस्थापन गर्ने, पर्यटन व्यवसाय गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन गर्ने, सेल्टर हाउस निर्माण गर्ने, पदयात्रीहरुको जानकारीका लागि आवश्यक पर्ने ठाउँमा पर्यटकीय जानकारीहरु तथा अपनाउनुपर्ने सावधानी तथा पुर्व तयारीका वारेमा जानकारी सहितका वोर्डहरु राख्ने जस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।

 

उर्जा

क. उज्यालो जगन्नाथ कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिइनेछ ।

ख. गाउँपालिकाको अगुवाई र सहकार्यमा विघुत सहकारी को निर्माण गरिनेछ ।

 

सूचना सञ्चार

क. गाउँपालिकामा भरपर्दो सूचना तथा सञ्चार सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिइनेछ ।

 

सामाज विकास

क. यस क्षेत्रमा रहेका दलित, अपांग, महिला,मुक्त हलिया लगायत लक्षित वर्गका लागि सशक्तिकरण गर्ने, लैगिक विभेदलाई निरुत्साहित गरिनेछ ।

ख. अपांगमैत्री, वालमैत्री, महिलामैत्री विकास वनाउनेतर्फको हाम्रो नीति निरन्तर रहने छ ।

ग. सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरुको विवरण अद्यावधिक गरी सबैलाई सामाजिक सुरक्षा भत्ताबाट बंचित नगरीने निति लिइनेछ ।

घ. यस क्षेत्रका नागरिकहरुप्रति अभिभावकत्वको भुमिका निर्वाह गर्न कार्यपालिकाको निर्णयबाट सञ्चालन हुने राहत तथा उद्दार कोष खडा गरी भवितव्य तथा दुर्घटनामा परेकाहरुलाई उद्दार गरिनेछ ।

 

शिक्षा

क. गुणस्तरीय शिक्षामा पहुँच पु¥याउन सामुदायिक विद्यालयलाई नमुनाको रुपमा संचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

ख. विद्यालयभन्दा वाहिर रहेका वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

ग. सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, गरिब, जेहेन्दार, अनुशासित दलित समुदायका बालबालिकाको प्राविधिक तथा अप्राविधिक उच्च शिक्षा अध्ययनमा छात्रवृति प्रदान गर्ने नीति लिईनेछ ।

 

वित्तिय सेवा

क. गाउँबासीहरुको वित्तिय सेवामा पहुँच स्थापना गर्नको लागि गाउँपालिका केन्द्रमा मापदण्ड बमोजिमको बैंकको शाखा तत्काल स्थापना गर्ने प्रयासलाई निरन्तरता दिइनेछ भने गाउँपालिका भित्र एक व्यक्ति एक बैंक खाता कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिनेछ ।

ख. व्यवस्थित रुपमा वचत गर्ने वानी बसाल्ने, ऋण लिएर लगानी गर्ने लगायतका कार्यमा सहजता ल्याउन स्थानीय स्तरमा सहकारी समुहहरु गठन गर्ने नीति लिइनेछ ।

ग. वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको  जीवनस्तरमा सुधार गर्ने तर्फ पहल गरिनेछ ।

 

सुशासन

क. यस गाउँपालिकाको कार्यालयले आफै र आफ्नो मातहतका कार्यालयहरु मार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरु मार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।

ख. गाउँपालिका कार्यालय तथा मातहत वडा कार्यालयहरुको कामकारवाहीमा सुशासनको प्रत्याभुत गरिनेछ । त्यसका लागि प्रत्येक कार्यालयहरुमा उजुरी पेटिकाको व्यवस्था गरिनेछ ।

 

बातावरण

क. यस क्षेत्रमा रहेको वनजंगलको उचित संरक्षण तथा प्रवद्र्धन गरिने तथा वृक्षरोपण कार्यलाई तदारुक्ताका साथ सञ्चालन गर्ने नीति लिईनेछ ।

ख. प्राकृतिक प्रकोपसँग जुध्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्ने, नदी नियन्त्रण, पहिरो नियन्त्रण, जलाधार संरक्षण, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका विषयलाई महत्वका साथ सम्बोधन गरिनेछ ।

 

अन्त्यमा,

सर्वदलिय र सर्वपक्षिय क्षेत्र सँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धताका साथ यस गाउँपालिकाको आर्थिक सामाजिक विकास र संबृद्धिमा महत्वपुर्ण भुमिका निभाई स्थानिय सरकारलाई रचनात्मक सल्लाह सुझाव दिने स्थानिय सम्पुर्ण राजनैतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, निजि क्षेत्र, नागरिक समाज, संचार जगत तथा सम्पुर्ण जगन्नाथ निवासी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

  

जगन्नाथका सम्पुर्ण जनताहरुको सुस्वास्थ्य,दिर्घायु,संबृद्धिको कामना गर्दै बिदा हुन्छु ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: